लुम्बिनी, भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन ।
एमाले रूपन्देहीको आयोजनामा शनिबार मर्चवारमा आयोजित बृहत् आमसभामा उहाँले एमाले देशको नेतृत्व गर्नसक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे ।
बलियो पार्टीबिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौँ जनता, पूर्वअध्यक्षसहित एमालेमा प्रवेश गरेको छ, पौडेलले भने, ' यसबाट म निकै खुसी छु ।'
उनले मर्चवारको विकास एमालेबाट सम्भव रहेको उल्लेख गर्दै आगामी दुई(चार वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न बनाउने प्रतिबद्धता जनाए । उनले मर्चवारमा अस्पताल, क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।