२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारी हुनुपर्छ' : मन्त्री गुरुङ

बुधवार , श्रावण २८, २०८२

 

काठमाडौं, साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड दिएका छन ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६औँ स्थापना दिवस तथा फोनिज अवार्ड - २०८२ मा मन्त्री गुरुङले आदिवासी पत्रकारिताले मुलुकको सञ्चार क्षेत्रमा ठूलो योगदान पुयाएको चर्चा गरे ।

त्यस अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आदिवासी जनजातिको हकहित र अधिकारका सवालमा फोनिजले अझ गहिरो र प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिए ।

उनले पत्रकारहरूले समुदायका आवाजलाई मुखरित गर्दै नीति निर्माण तहमा पुयाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने भनाइ राखे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार