२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अर्थमन्त्री - सचिव बैठक : ' समयतालिका बनाएर बजेट कार्यान्वयन गर्नुस्'

बिहिवार , श्रावण २२, २०८२

 

काठमाडौँ, साउन । आर्थिक वर्ष २०८२-८३ को बजेट कार्यान्वयनका सम्बन्धमा निर्धारित समयतालिका बनाएर काम गर्न सचिवहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि उनले निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोत पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयहरुका सचिव लगायत उपस्थित रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार