२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती प्रदेश सरकार :  " मुख्यमन्त्रीमा कांग्रेसका बानियाँको दाबी "

कांग्रेस ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन

सोमवार , श्रावण १९, २०८२

 

मकवानपुर, साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।  कांग्रेस संसदीय दलका नेता बानियाँले केही समयअघि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् ।

बहादुर सिंह लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

दाबी पेसको समय मंगलबार दिउँसो २ बजेसम्म तोकिएको छ । बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका छन् ।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ ।

1.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार