२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती प्रदेश सरकार : ' मुख्यमन्त्री लामाले दिए राजीनामा '

आइतवार , श्रावण १८, २०८२

 

काठमाडौँ, साउन । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् ।

संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न र पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिएको उनले बताए ।

मुख्यमन्त्री लामाले पदभार ग्रहणपछिको ३७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते नियुक्त भएका लामाले भोलिपल्ट ९ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।

लामालाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरी केही दिनअघि संसदीय दलको नेताबाट हटाइएको थियो ।

दलको नेताको हैसियत गुमेपछि लामालाई मुख्यमन्त्रीबाट हट्नुपर्ने दबाब बढेको थियो । अब कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार