२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'देशभर ७८. ८४ प्रतिशत भू-भागमा धान रोपाइँ ' : कृषि मन्त्रालय

सोमवार , श्रावण १२, २०८२

 
काठमाडौँ, साउन ।  देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
 
कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ ।
कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो ।
 
यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार