२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेसले सरकारलाइ भन्याे : ' कृषकका समस्या समाधान गर '

शुक्रवार , श्रावण ९, २०८२

 

काठमाडौँ, साउन । नेपाली कांग्रेसले मधेस प्रदेशमा खानेपानीको अभाव, सिँचाइको समस्या, किसानले समयमा मल र बीउ नपाएकालगायत विद्यमान समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको पछिल्लो अवस्था बारेमा ब्रफिङ गरेका थिए ।

कांग्रेसले तीनै तहका सरकार मिलेर मधेस प्रदेशमा देखिएको खानेपानी र सिँचाइको समस्या समाधान गर्नुपर्ने, मल र बीउको नियमित आपूर्ति गर्नुपर्ने सुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्नुुहुने अन्य मन्त्रीहरूले आआफ्नो मन्त्रालयले गरेका कामका बारेमा ब्रिफिङ गरेका थिए । त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले रुपन्देहीमा निकट भविष्यमा हुने उपनिर्वाचन र मतदाताको अवस्थाका बारेमा अवगत गराएका थिए ।

बैठकमा सङ्घीय सरकारका मन्त्री हेरफेर हुनेसम्बन्धी सार्वजनिक भएको विषयका सम्बन्धमा कुनै छलफल नभएको सहमहामन्त्री परियारले बताए ।

सभापति देउवाको अध्यक्षामा भएको बैठकमा पार्टीका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको उपस्थिति थियो । आजको बैठकमा संसद्मा विराधीन विधेयकका सम्बन्धमा समेत छलफल भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार