२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एन आई सी एशिया बैंक : सञ्चालक  संघई 'महत्वपूर्ण व्यावसायिक व्यक्ति' बाट सम्मानित

बिहिवार , श्रावण १, २०८२

 

काठमाडौँ, साउन । एन आई सी एशिया बैंकका संचालक श्री रामचन्द्र संघईज्यू नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित हुनुभएको छ ।

मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुयाएको भन्दै नेपाल सरकारले मिति २०८२ आषाढ ३२ गते उहाँलाई सम्मान गरेको हो ।

नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।

मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट शुशोभन हुनुभएकोमा संचालक श्री रामचन्द्र संघईज्यू प्रति बैंकको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौं ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार