२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बैंकिङ क्षेत्र सुधार कार्यदलद्वारा प्रतिवेदन पेस

मंगलवार , आषाढ ३१, २०८२

 

काठमाडौँ, असार । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष सोमबार प्रतिवेदन बुझाएको हो । कार्यदलमा नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य एवं नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका थिए ।

केन्द्रीय बैंकबाट गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले यही असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएकामा सोमबार अन्तिम प्रतिवेदन बुझाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार