२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अब एकवर्ष सरकार चलाएर - " पद हस्तान्तरण गर्छु " : प्रधानमन्त्री ओली

हामी काम गर्न सरकारमा गएका हौं - ' एक वर्षभित्र धेरै काम गरेका छौं '

आइतवार , आषाढ २९, २०८२

 

बिर्तामोड, असार । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनअघि नै सरकारको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन् । झापाको बिर्तामोडमा आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले एक वर्ष सरकार सञ्चालन गरेर पद हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

'हामी काम गर्न सरकारमा गएका हौं,' ओलीले भने, ुएक वर्षभित्र धेरै काम गरेका छौं, अझ धेरै गर्न बाँकी छ ।' उनले आफू नेतृत्वको सरकारले युगान्तकारी काम गरेको दाबी गर्दै तराईको हुलाकी सडक र चुरे क्षेत्रको मदन भण्डारी राजमार्ग आफ्नै पहलमा रेखांकन भएको उल्लेख गरे ।

ओलीले एमालेलाई कमजोर पार्न सुनियोजित षड्यन्त्र भइरहेको आरोप पनि लगाए । ' एमालेलाई टिक्नै नदिने, टिकिहाले उम्रिनै नदिने, उम्रिहाले हुर्किनै नदिने गरी चारैतिरबाट घेराबन्दी गरिएको छ,' उनले भने ।

उनले एमालेबिनाको नेपाल सम्भव नरहेको जिकिर गर्दै पार्टीलाई थप सुदृढ बनाएर जनताको भरोसा जित्ने उद्घोष गरे । शनिबार झापा आएका ओलीले आइतबारसम्म आधा दर्जन विकास योजनाहरूको उद्घाटन गरे  ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार