२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

" मुलुकको अर्थतन्त्रमा सुधार "  :  प्रधानमन्त्री ओली

शुक्रवार , आषाढ २७, २०८२

 

काठमाडौँ, असार ।  प्रधानमन्त्रीे केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन ।  

सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा  यसवर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताएका छन ।  

प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म रु १० खर्ब ९७ अर्ब राजस्व सङ्कलन गरिएको जानकारी दिए ।  

“अर्थतन्त्रमा प्रष्ट सुधार !  हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब बढेर ६१ खर्ब पुगेको छ ।  राजस्व गत वर्षभन्दा एक खर्ब आठ अर्ब बढेको छ । पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी ।  आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३ दशमलव ८७ प्रतिशत,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार