२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिकी सरकारको निर्णय : ' एमसीसीलाई निरन्तरता दिने '

बुधवार , आषाढ १८, २०८२

 

काठमाडौँ, असार । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए - नेपाल) लाई निरन्तरताको बाटो खुलेको छ । अमेरिकी सरकारले एमसीए नेपाललाई निरन्तरता दिने निर्णय गरेसँगै उक्त बाटो खुलेको हो ।

अमेरिकी सरकारले सो कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेसँगै एमसीए नेपालले स्वागत गरेको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए - नेपाल) ले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको छ, बुधबार जारी विज्ञप्तिमा एमसीए नेपालले भनेको छ ।

एमसीए- नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्ने सहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेसन (एमसीसी) सँग निकटतापूर्वक काम गरिरहेको छ ।

एमसीए- नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीनवटा सबस्टेशन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ ।

नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध रहेको एमसीए- नेपालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार