२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इजरायल- इरान युद्ध

अमेरिका पस्यो इरानमा : " तीन परमाणु क्षेत्रमा आक्रमण "

आइतवार , आषाढ ८, २०८२

 

काठमाडौँ, असार । अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् ।

उनले सबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ । यो आक्रमण नेपाली समय अनुसार आइतबार बिहान पौने ५ बजे भएको हो ।

ट्रम्पले लेखेका छन्, ' सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धालाई बधाई । विश्वमा कुनै पनि अरु सेना छैनन् जो यो काम गर्न सक्षम छन् ।

अब शान्तिको समय हो । उनले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन् ।

परमाणु क्षेत्रमा आक्रमण भएको इरानले स्वीकारेको छ ।  इरानको सरकारी न्युज एजेन्जी आईआरईबीका अनुसार इरानले आक्रमणभन्दा केही समयभन्दा तीनै परमाणु केन्द्रलाई खाली गरेको थियो ।

यद्यपि तीनवटै क्षेत्रमा कति क्षति भएको छ भन्ने विवरण आइसकेको छैन । यस्तै हुथी विद्रोहीले इरानको परमाणु क्षेत्रमा अमेरिकाले गरेको आक्रमणमा आपत्ति जनाएको छ ।

हुथीका नेता मोहम्मद अल फराहले अमेरिकी बमबारीले युद्धको अन्त्य नभइ सुरुवात भएको बताएका छन् । उनले अब हिट एन्ड रनको समय आइसकेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार