२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सञ्चारकर्मी चिरञ्जीवी सापकोटाको कोरोना विरुद्धको सचेतनामूलक गीत सार्वजनिक

बुधवार , बैशाख ३, २०७७

काठमाडौं, बैशाख । सञ्चारकर्मी तथा रंगकर्मी चिरञ्जीवी सापकोटाले कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतनामूलक गीत सार्वजनिक गरेका छन्। कोरोना भाइरसले विश्वभर आक्रान्त बनाइरहेका बेला सापकोटाले आफ्नै आवाजमा यससम्बन्धी सचेतनामूलक गीत सार्वजनिक गरेका हुन्।

उनले गीतमार्फत सबैलाई सचेत हुन आह्‍वान गर्दै राज्यसंयन्त्र तथा सरोकारवालालाई नियन्त्रणका लागि गर्नुपर्ने सतर्कताका सबै कार्य गर्न पनि आग्रह गरेका छन्। उक्त गीत विन्दास मिडिया नेटवर्क को प्रस्तुति एवं निर्माणमा तयार भएको हो।

गीतमा सञ्चारकर्मी सापकोटाको शब्द र स्वर रहेको छ। संगीत संयोजन विपिन आचार्यले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन्।

गीतमा चिरञ्जीवी सापकोटा र जिबेश गुरुङको मुख्य भूमिका र रङ्गकर्मी एवम् कलाकार शिशिर भण्डारी, कलाकार दुर्गेश थापा, गायक टंक तिमल्सिना,चक्र बम, हास्य कलाकार उमेश राई (फुलेन्द्रेकि आमा)को समेत अभिनय छ।

लकडाउनमा बसेर दिक्दारी परिरहेकालाई गीतले मनोरञ्जन तथा सन्देश दिन खोजिएको छ।

भिडियो :

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार