२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस 

गृहमन्त्री लेखकले भने : ' कांग्रेस नेतृत्वमा सरकार बनाउन पहल हुन्छ '

शनिवार , जेठ ११, २०८२

 

जनकपुर , जेठ । गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।

शनिबार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले कांग्रेसका नेता - कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरिरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यो गुनासो उचित रहेको बताए ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर रहेको र त्यसका लागि लागिपरेको उल्लेख गरे । हाल आफूहरू संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरूबीचको संयुक्त सरकार बनाउने विषयमा केही जटिलता रहेको पनि उनले स्पष्ट पारे ।

उनले भने, मधेश प्रदेशको सरकार पनि हामीले पालो- पालो गर्ने भनेर समझदारी गरेका छौँ । मधेश प्रदेशको सरकार पनि पालो - पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ ।

साथीहरूले सही कुरा गर्नुभएको छ । यो विषयलाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यसको समाधानका लागि हामी लागिपरेका छौँ । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ ।

सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा प्रतिस्पर्धी पार्टीबीच संयुक्त रूपमा सरकार सञ्चालन गर्दा केही समस्या र जटिलता उत्पन्न हुने गर्छन् ।

गृहमन्त्री लेखकले मधेश प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको र पछिल्लो १० महिनामा अर्थतन्त्रमा ठूलो परिवर्तन आएको पनि बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार