२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 'आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने ' : मन्त्री खड्का

बुधवार , पौष १०, २०८१

 

मनहरी (मकवानपुर), पुस । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्नेमा उनले जोड दिएका छन ।  

यहाँको मकवानपुरगढी गाउँपालिका–४ स्थित वाइवाडाँडा लिफ्टिङ सिँचाइ उपभोक्ता समितिले निर्माण गर्न लागेकोे ट्याङ्कीको शिलान्यास गर्दै आज उनले व्यक्ति–व्यक्तिले योजना माग गर्दा कार्यान्वयन फितलो भएको बताए । 

निर्वाचित जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय उपभोक्ताको छलफलबाट अधिकतम लाभ हुने योजना छनोट गर्नुपर्ने मन्त्री खड्काको भनाइ छ ।  

सम्पन्न भइसकेका योजनाको संरक्षण र सदुपयोगमा ध्यान दिनसमेत उनले आग्रह गरे ।  

ट्याङ्की निर्माण पश्चात् तीनसय रोपनी जमिनमा सिँचाइको सुविधा पुग्ने जनाइएको छ । 

कूल २० लाखको लागतमा एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गर्न लागिएको समितिका अध्यक्ष राजकुमार योञ्जनले जानकारी दिए ।  

ट्याङ्की निर्माण पश्चात् तीन ठाउँबाट पानी वितरण गर्न थप एक करोडको आवश्यक रहेको समितिले जनाएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार