२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

आइतवार , मंसिर १६, २०८१

 
 
 
काठमाडौँ, मङ्सिर ।  अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छिन । 
 
आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमका बीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरे । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।
 
गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेका छन ।  आयुमी दुई वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गरेका थिए । 
 
सङ्गीतमा उनी आफ्नो परिवारको तेस्रो पुस्ता हुन । उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका थिईन भने बाजे लोकबहादुर तामाङ लोकगायक थिए । 
 
आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित छन । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताए । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार