२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

   ' यो मायालाई फकाउन '  बोलको  म्युजिक भिडियो सार्वजनिक 

बुधवार , कार्तिक ७, २०८१

 

काठमाडौँ, कात्तिक । यो मायालाई फकाउनु बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा निर्माणमा आइतबार सार्वजनिक गरिएको हो ।

गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको आवाज रहेको छ । यस गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन् ।

विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको यस गीत सिडनीस्थित नेपमेलोको स्टूडियोमा रेकर्ड गरिएको हो ।

लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रीति र सम्राट सिडनीका धेरैजस्तो स्टेजहरूमा व्यस्त देखिन्छन्। गायक सम्राटको यो पहिलो गीत हो ।

प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन् । भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ ।

गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन् ।

नेपाली सांगीतिक आकाशमा थोरै भएपनि चम्किने ठाउँ खोज्दै हिँडेका गायक सम्राटको यो पहिलो गीत तपाईँहरूलाई कस्तो लाग्छ गीत हेरेर सुनेर प्रतिक्रिया दिनुहोला ।

गायक सम्राट र गायीका प्रीतीको यो कोशेलीले दर्शक तथा श्रोताहरुको मन जीत्ने आशा सहीत नेपमेलो परीवारको तर्फबाट शुभकामना ब्यक्त्त गर्न चाहन्छौ। ।

गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार