२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 औषधिको मूल्यमा पुनरावलोकान गर्न सुझाव दिन समिति गठन

मंगलवार , कार्तिक ६, २०८१

 

काठमाडौँ, कात्तिक । उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउनेबारे अध्ययन गरी सुझाव दिन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् ।

मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा।पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् ।

गठित समितिको सदस्यमा स्वास्थ्यविद डा‍। अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद डाक्टर देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। सरोज शर्मा, र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन् ।

यसैगरी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव छन् ।

समितिलाई औषधीको उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ ।

समितिलाई छिमेकी देशहरुले अपनाईएका औषधी मुल्य सम्बन्धि नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरि उपयुक्त हुने स्वच्छ मुल्य निर्धारण सम्बन्धि आधारहरु पहिचान गरि गर्नुपर्ने नीतिगत सुधार सम्बन्धि सुझाव दिन पनि भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिले औषधि मुल्य सम्बन्धित विषय वस्तुबारे अभ्यास पुनरावलोकन गरेर गुणस्तर पहिचान समेत गरी सुझाव सिफारिस गर्नेछ ।

औषधीको मुल्यसंग सम्बन्धित नीति प्रणाली, बजार मुल्य, आयात–निर्यात अवस्था तथा सरकारी नीतिहहरुबारे समेत समितिले मन्त्रालयलाई सुझाव दिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार