२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' विपद्को बेला राजनीतिक दल मिलेर काम गर्नुपर्छ '  :  गृहमन्त्री लेखक

आइतवार , आश्विन २०, २०८१

 

काठमाडौँ, असोज । बाढी पहिरोबाट मुलुक पीडामा रहेको अवस्थामा सबै राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

विगतमा पनि मुलुक विपद्मा पर्दा मिलेर अगाडि बढेका उदाहरण रहेको बताउँदै गृहमन्त्री लेखकले अहिलेको बाढीपहिरोको पीडादायी अवस्थामा पनि राजनीतिक दल पनि मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

बाढी पहिरोले प्रभावित ललितपुरका विभिन्न क्षेत्रको निरीक्षणपछि गृहमन्त्री लेखकले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री लेखकले विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर काम गर्नुपर्ने बताए ।

'राजनीतिक दलहरू हिजो पनि विपद्मा एकजुट भएर सामाना गरेको इतिहास छ । अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ,' उनले भने । गृहमन्त्री लेखकले संघ, प्रदेश सरकार र स्थानीय तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

खोज, उद्धारका साथै तत्कालै राहत र अत्यावश्यक सेवाको सुनिश्चितता गर्न आग्रह गर्दै गृहमन्त्री लेखकले सडकबाट सम्भव नभए हेलिकोप्टर प्रयोग गरेर भएपनि राहत पुर्याउन निर्देशन दिएका छन् । पूर्णरुपले घर क्षति भएर सरकारबाट राहत पाउनुपर्नेहरूको सूची स्थानीय तहबाट तत्कालै पठाउनुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो ।

एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ ।

तहगत विभाग, विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुस्,' गृहमन्त्री लेखकले भने ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरू उदयशम्शेर राणा, डा. तोसिमा कार्की, प्रेमबहादुर महर्जन लगायतले ललितपुरमा बाढीपहिरोले पारेको प्रभावबारे धारणा राखेका थिए ।

ललितपुरमा बाढी र डुबानमा परी मृत्यु भएका ४५ मध्ये ३९ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार