२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम बिज्ञान बिभाग 

बिज्ञ भन्छन  : "  मनसुन बाहिरिन अझै एक साता लम्बिने "

' मनसुन बाहिरिने पूर्वनिर्धारित मिति अक्टोबर २ अर्थात् बुधबार रहेको थियो '

बिहिवार , आश्विन १७, २०८१

 

काठमाडौँ, असोज  । नेपालबाट मनसुन बाहिरिने मिति थप पछाडि धकेलिएको छ । 

मनसुनी न्यूनचापीय रेखा नेपाल आसपास कायम रहेकाले पनि यो वर्षको मनसुन बाहिरिन अझै करिब एक साता लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुन बाहिरिने पूर्वनिर्धारित मिति अक्टोबर २ अर्थात् बुधबार रहेको थियो । भारत हुँदै नेपालमा मनसुन भित्रिए जस्तै भारतबाट नेपालतिर सुक्खा मौसम सर्दै आएर मनसुन बाहिरिने गर्छ । 

भारतको पश्चिमी भेगतिर मात्र मनसुन बाहिरिने तरखरमा रहेकाले पनि त्यो मौसमी चक्र नेपालसम्म आइपुग्न पाँचदेखि सात दिनसम्म लाग्ने मौसमविद् प्रतिभा मानन्धरले सञ्चारकर्मीलाई बताएकी छिन ।  

उनले भने, “मनसुन सकिइहाल्ने सम्भावना छैन तर कमजोर भने बनेको छ ।” 

नेपालको पश्चिमी भूभागमा देखिएको हल्का सुक्खा मौसमले मनसुन अब धेरै दिन नेपालमा नरहने सङ्केत भने गरेको उनले जानकारी दिए ।   

तथापि अझै एक साता जति मध्य र पूर्वी नेपालमा मनसुनको वर्षा गराउने प्रणाली सक्रिय छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार