२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्वदलीय बैठक 

 बैठकले गर्यो यी ९ निर्णय  : '  राहत र पुनर्स्थापनाको काम अघि बढाउने '

आइतवार , आश्विन १३, २०८१

 

काठमाडौँ, असोज । सरकारले बोलाएको सर्वदलीय बैठकले विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको छ ।

कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने निर्णय परेको छ ।

बैठकले अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबारे छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न ९ निर्णय गरेको छ ।

बैठकले बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरी पुनर्निर्माणको लागि आवश्यक प्रक्रिय अघि बढाउने निर्णय पनि गरेको छ ।

बाढी पहिरोबाट घरवास गुमाएका पिडितहरूका पुनर्स्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार