२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

 कांग्रेस निष्कर्ष  : " प्रकोपसँग जुध्ने पूर्वतयारी खड्कियो "

विपद्सँग सम्बन्धित गर्नुपर्ने उद्धार, राहतलगायतका कामबारे सरकारको ध्यानाकर्षण

आइतवार , आश्विन १३, २०८१

काठमाडौँ, असोज । नेपालमा निरन्तर हुने प्राकृतिक विपद्सँग जुध्नका लागि सरकारले आवश्यक पूर्वतयारी नगरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । 

सरकारमा सहभागी कांग्रेसले प्राकृतिक विपद्सँग सम्बन्धित विषयमा गर्नुपर्ने उद्धार, राहतलगायतका कामबारे सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकपछि कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले सार्वजनिक गरेको निर्णयमा हालैको प्राकृतिक विपद्पछि सरकारले गर्नुपर्ने विभिन्न कामबारे ध्यानाकर्षण गराउने उल्लेख छ ।

'नियमित रुपले झेल्नु परेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्वतयारी र उद्धारमा अझै तीव्र र चुस्त तयारीको आवश्यकता खड्किएको छ । 

अतः तीनै तहको सरकारले निभाउनुपर्ने भूमिकाको एकीकृत रणनीति र चुस्त कार्ययोजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने स्रोत साधनको पर्याप्त जोहो गर्न कार्यसम्पादन समितिको यो बैठक सरकारलाई ध्यानाकर्षण गराउँदछ,' कांग्रेसका निर्णयमा उल्लेख छ । 

'विषम परिस्थितिको समयमा बजारमा बढ्नसक्ने कालोबजारी, सवारी साधनको भाडामा हुने अनियमितता नियन्त्रण गर्नरगराउन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।'

'प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त विद्युत, खानेपानी, सञ्चारलगायतका सेवा सघन रुपले परिचालन गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । '

प्रकोपका कारण अर्बौंको क्षति भएको छ, केही विद्युत गृह क्षतिग्रस्त बन्न पुगेका छन् । विद्युत उत्पादन र नियमित रहेको वितरणमा गम्भीर असर पुगेको छ । संचार सेवा कयौं ठाउँमा अवरुद्ध भएको छ । 

खानेपानीको वितरण प्रभावित भएको छ । यसले गर्दा तत्काल भोग्नुपरेको समस्यामा नागरिक पंक्तिलाई विश्वासमा लिँदै, अवस्था सामान्य बनाउन सम्बन्धित निकायलाई सघन रुपले परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ,' कांग्रेसले निर्णय गरेको छ।'

'अवरुद्ध सडकहरूको मर्मत संभारको कार्य तीव्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगत गरी बेलिब्रीज जडान गर्न यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।'

कांग्रेसले सबै राजनीतिक दलहरूलाई प्राकृतिक प्रकोपछिको स्थितिको सामना गर्न ऐक्यबद्ध हुन आह्वान गरेको छ । 

' प्राकृतिक प्रकोपले राष्ट्रिय विपत्तिको रुप लिएको यो घडीमा नागरिक पंक्तिलाई थप सतर्कताको अपील गर्दै सबै राजनैतिक दल, संघ–संस्थालाई यो स्थितिको सामना ऐक्यबद्ध रुपले गर्न यो बैठक आह्वान गर्दछ,' कांग्रेसको निर्णय छ ।

c1.jpg
undefined
c2.jpg
undefined

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार