२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वाग्मती नदीमा बाढी 

पानीले जलसतह पार   : ' तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल '

शुक्रवार , आश्विन ११, २०८१

 

काठमाडौँ, असोज । वाग्मती नदीले साधारण जलसतह पार गरेको छ ।  बिहीबार रातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको मुख्य नदीका रुपमा रहेको वाग्मतीमा पानीले खतराको तह समेत पार गरी धेरै माथिबाट पानी बग्न थालेको हो ।

जल तथा मौसम विज्ञान विभागले खोकना, गौरीघाट, बल्खु खोला, बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

विभागले ललितपुर, मकवानपुर, सर्लाही र रौतहटको नदी तटीय क्षेत्रहरूमा शनिबार दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार