२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

परराष्ट्रमन्त्री राणा न्युयोर्कमा : '  यूएन वुमनकी कार्यकारी निर्देशकसँग भेटवार्ता '

शुक्रवार , आश्विन ११, २०८१

 

न्युयोर्क, असोज । परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्त राष्ट्र संघ (यूएन) उपमहासचिव तथा यूएन वुमनकी कार्यकारी निर्देशक सिमा सामी इस्कन्दर बाहौसबीच भेटवार्ता भएको छ । 

उनीहरुबीच राष्ट्रसंघको ७८ औं महासभाको साइडलाइनमा भेटवार्ता भएको हो ।

उक्त अवसरमा युएन वुमनले विश्वभर महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बारेमा दुई जनाबीच कुराकानी भएको थियो ।

न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार भेटमा नेपाल लैंगिक समानतालाई अगाडि बढाउन युएन वुमनसँगको कामलाई निरन्तरता दिन इच्छुक रहेको बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार