२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

" सरकारले दुई वर्षभित्र सुरक्षण मुद्रण केन्द्र सञ्चालनमा ल्याउँछ "

'अर्थ मन्त्रालयसँग समन्वय र सहकार्य गरेर बजेट व्यवस्थापन हुन्छ '

बुधवार , आश्विन ९, २०८१

 

काभ्रे, असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका(५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई दुई वर्षभित्रै सञ्चलानमा ल्याइने बताएका छन् ।

बुधबार केन्द्रको अनुगमन गर्दै मन्त्री गुरुङले दुई वर्षभित्रमा सुरक्षण मुद्रण केन्द्रलाई सञ्चलानमा ल्याउनको लागि सरकारले तयारी गरिरहेको बताए ।

उनले त्यसका लागि अर्थ मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्य गरेर बजेट व्यवस्थापन भइरहेको बताए । 

मन्त्री गुरुङले केन्द्रको अनुगमन गर्दै केन्द्रका भवनहरु जीर्ण अवस्थामा रहेको र यसमा पूर्वाधारका धेरै कामहरु गर्नुपर्ने बताए ।

सरकारलाई आवश्यक पर्ने सरकारी छपाई सम्बन्धी सम्पूर्ण कामहरु जस्तैस् हुलाक टिकट, अन्तःशुल्क स्टिकर, राष्ट्रिय परिचय पत्र लगायत कागजातहरु छपाइको व्यवस्थापन गरिने उनको भनाइ थियो ।

उनका अनुसार, हाल पासपोर्ट, बैंक नोट, बैंक कार्ड, अन्तशुल्क स्टिकरजस्ता सुरक्षण मुद्रण गर्न विदेशी संस्थामा भर पर्नुपर्ने बाध्यता रहेको भन्दै मन्त्री गुरुङले केन्द्र स्थापना भएपश्चात् राष्ट्रिय उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जनासहित हाल विदेशबाट आयात भइरहेका सुरक्षण मुद्रण सामग्रीको आयात प्रतिस्थापनमा समेत सहयोग मिल्ने बताए ।

विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आइटी पार्क विसं २०६१ मा सम्पन्न भएपछि सरकारलाई हस्तान्तरण गरिएको थियो ।
कुल दुई सय ५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई ठूला व्यापारिक र प्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीय सहित नौ वटा भवन छन् । 

तत्कालीन समयमा दक्षिण एसियामा नै नमुना र ठूलो मानिएको उक्त पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार