२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सहकारी रकम हिनामिना  प्रकरण

महासचिव पोखरेलले भने  : ' क्लिन चिटको प्रचार अनुसन्धान प्रभावित गर्ने षड्यन्त्र '

शनिवार , आश्विन ५, २०८१

 

दाङ, असोज । एमाले महासचिव शंकर पोखरेलले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा  'क्लिन चिट'  प्राप्त गरेको प्रचार गर्नु अनुसन्धानलाई प्रभावित गर्ने षड्यन्त्र भएको बताएका छन् ।

प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले यसरी गलत प्रचार गर्नु गल्ती ढाकछोप गर्ने प्रयास मात्र भएको बताए । 

ग्यालेक्सी टीभीमा बिना लगानी १५ प्रतिशत सेयर प्राप्त गर्ने काम नै अनैतिक र अनुचित भएको उनले बताए । शक्तिको दुरुपयोग गरी बिना लगानी सेयर पाउनु नै गलत काम भएको उनले बताए ।

यसैगरी सहकारीबाट कुनै कम्पनीले पैसा पाउने काम पनि कानुन विपरीत भएको उनले बताए । 

'अनुचित प्रभावमा पारेर पैसा लिने र प्रभावमा पर्ने काम गलत हो । सहकारीका सदस्य नभएकालाई पैसा दिनु लिनु गलत हो,' उनले भने । 

सहकारीबाट गलत तरिकाले पैसा लिएको जिम्मेवारी र नैतिक दायित्व प्रबन्ध निर्देशकका रुपमा लामिछानेले लिनैपर्ने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार