२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 कोशी प्रदेश सरकार :  मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

बुधवार , आश्विन २, २०८१

 

विराटनगर, असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन ।  प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।

प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित थिए । विश्वासको मत प्रक्रियामा दुई प्रदेश सभा सदस्य तटस्थ रहनुभएको र बाँकी अनुपस्थित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए । 

नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । 

 सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा  नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ । 

कोशी प्रदेशसभामा नेकपा (एमाले) का ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सदस्य छन् । 

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार