२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालकै होचा ब्यक्ति गोरखालीलाई सहयोग

शनिवार , भाद्र २९, २०८१

 

काठमाडौँ,  भदौ ।  हामीले सामान्यतया मानिस भनेर जान्दा  हामी ख्याल गर्छौ कि उमेर अनुसारको एउटा निश्चित उचाई तौल, शारीरिक रुपले  एउटा कदको कल्पना गर्दछौ । जान्ने प्रयास पनि त्यसरी नै गर्दछौ । तर कतिपय अवस्थामा हाम्रा यस्ता सोचाई र भावना गलत बन्दछन । 

केही अवस्था यस्ता नि पाईन्छ निश्चित उमेरपछि पनि शारीरिक रुपले फरक बन्न जान्छ । यहाँ हामी एउटा यस्तै अवस्था देखापर्नसक्छ जहाँ हाम्रा यस्ता सोचाईले मेल खाँदैन । जसमा निश्चित उमेर अवस्थामा पनि  फरकपन देखापर्दछ । 

उमेर अनुरुप उचाई  तथा तौल हँदैन । जसलाई अग्लो तथा होचा समूहका भनेर भन्ने गरिन्छ । जुन लाखौमा केहीमा मात्र शारीरिक रुपले यस्तो बन्न जाने गर्दछ । हामी यहाँ यस्तै निश्चित रुपमा तरुण अवस्थामा पनि आवश्यक भन्दा होचो कदका ब्यक्तिबारे भन्न जाँदैछौ । उनी हुन  - बाग्लुंगका मनोज गोर्खाली ।  

गाेरखाली  क.jpg

उनी ढोरपाटन नगरपालिकाका २३ बर्षीय उनी मुश्किलले ७ के जी र उचाइ र करिव साढै २ फीटका छन । उनी नेपालकै होचो ब्यक्तिका रुपमा चिनिन्छन । बाग्लुंग ढोरपाटन बबुवा घर भई काठमाडौ बस्दै आएका मनबहादर बिकका जेठा  छाेरा हुन । २३ बर्षीय मनोज हाल युकेजीमा अध्ययनरत छन । 

मनोरञ्जनात्मक कार्यक्रममा यदाकदा देखापर्ने मनोज - ' नेपाली बाबु'  गीतमा नाच्न मन पराउँछन । पिता मन बिदेशमा छन भने उनी आमासँग बस्दै आएका छन । उनलाई आफ्ना भाई मदनका साथमा यताउती जाने गरेका मनोजलाई  बेला बेलामा ज्वरो आउने, छाती दख्ने, खोकी लाग्ने जस्ता रोगका समस्या रहेको भाई मदनले बताए ।

उनले भने, चिकित्सकको सल्लाह बमोजिमको खानपान गराउने गरेका छौ । चिकित्सकको सल्लाहमा सामान्य दाल भात खाना खाने गरेका छन । 

तोते बोली रहेका २३ बर्षीय मदनको भरपर्दो आयस्रोत भने छैन । यही अप्ठयारालाई ध्यानमा राख्दै केही सहयोग होस भनेर नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति भुपेन्द्र थापाले रु पाँचहजार सहयोग पनि गरे । 

नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बिशालनगरमा बोलाई नेपाली कांग्रेसका पूर्व सचेतक डा.शोभाकर पराजुली कांग्रेस बाग्लुंगका नेता टेकराज पौडेलको उपस्थितिमा सो सहयोग रकम हस्तान्तरण पनि गरे ।

उनीहरुले यस्ता अशक्त र शारिरीक रुपले फरक रहेकालाई सहयोग गर्न  डा.. पराजुली, थापा र पौडेलले आब्हानसमेत गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार