२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 " राजस्वको लक्ष्य पूरा हुनेगरी काम गरौँ " :  अर्थमन्त्री पौडेल

बिहिवार , भाद्र २७, २०८१

 

काठमाडौँ, भदौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन ।  काठमाडौँमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन । 

अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढि उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिए । 

उनले राजस्व परिचालनमा कुनै पनि सम्झौता नहुने उल्लेख गरे । उनले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

उनले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजस्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताए । 

उनले भने, ‘‘राजस्वको लक्ष्य पूरा गर्ने र राजस्व परिचालनको अधिकतम सम्भवना पूरा गर्ने हिसावले अघि बढ्नुहोला । राजस्व परिचालनमा कुनैपनि सम्झौता हुनेछैन । यहाँहरुले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्नु होला ।’’

उनले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गरे। सरुवा, बढुवाको प्रस्ताव लिएर कोही पनि नआउन आग्रह गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार