२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल एयरलाइन्स

मन्त्री पाण्डेले भने  : '  सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु '

सोमवार , भाद्र २४, २०८१

 

काठमाडौं, भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन । 

सोमबार नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी दीपकराज जोशीको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन । मन्त्री पाण्डेले भने, ‘‘संस्कृति, पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन् । 

'नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ। म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन। अब नीतिगत हस्तक्षेपको बाटोमा लैजान चाहन्छु ।' 

उनले मन्त्रालयको बारेमा सम्पूर्ण विषय बुझिसकेकाले रिफर्मको बाटोमा अघि बढ्ने बताए । 

मन्त्री पाण्डेले मन्त्रालयमा प्लेन चलाईदिन भनेर डेलिकेसन आउने गरेका बताउँदै प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएको दृष्टान्त सुनाए । 

उनले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै दुविधा नलिन समेत विश्वास दिलाए ।  

कार्यक्रममा बोल्दै बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।  

उनले भने, ‘‘निजी क्षेत्रसँग म सधैँ सँगै छु । पर्यटन बोर्ड पनि निजी क्षेत्रका लागि स्थापना गरिएको संस्था हो । निजी क्षेत्रसँग सहकार्य गरेनौँ भने त नेपाल एयरलाइन्सन्समा तेल नबेचेको जस्तै हो । हामी त्यहाँ बाहेक अन्त जाने ठाउँ नै छैन । हामी सहकार्यमा नै अघि बढछौं ।’’
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार