२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हरितालिका तीज पर्व  : " ब्रतालुको पशुपतिनाथ क्षेत्रमा चहल पहल  " ( हेरौँ फोटो फिचर)

शुक्रवार , भाद्र २१, २०८१

 

काठमाडौँ, भदौ । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको भीड लागेको छ। तिजमा पुरुषलाई प्रवेश निषेध गरिएको पशुपतिनाथ मन्दिरमा तिजको व्रत बसेका दिदीबहिनीको भीड लागेको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार बिहीबार साँझदेखि नै सम्पूर्ण भक्तजन र श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण गर्न थालिएको हो।

शुक्रबार बिहानैदेखि आउने ब्रतालुको व्यवस्थापन राम्रो भइरहेको उनको भनाइ छ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्यमठ दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जनाए।    तस्बिर :  न्युज एजेन्सी नेपाल 

teej 1.jpg
undefined

 

teej 2.jpg
undefined

 

teej 3.jpg
undefined

 

teej 4.jpg
undefined

 

teej 6.jpg
undefined

 

teej 7.jpg
undefined

 

teej 8.jpg
undefined

 

teej7.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार