२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चाडपर्वको बेला

 गृहमन्त्रीको निर्देशन :  " उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिनू "

बिहिवार , भाद्र १३, २०८१

 

काठमाडौँ, भदौ । चाडपर्वको बेलामा उपभोक्तालाई  दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्न आवश्यक प्रबन्ध मिलाउन गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा बिहीबार  जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आग्रह गरेका हुन् ।

उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने उल्लेख गरे ।

‘चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ ? भन्नेकुरा हो । 

परिणाममा देखिनुपर्‍यो । भाषणमा देखिएर हुँदैन । परिणाममा देखनिुपर्छ । कृत्रिम अभाव कुनै हालतले पनि हुनुभएन । 

कुनै ठाउँमा कृत्रिम अभाव भएको छ, बजारमा चिनी छैन, कहाँनेर गोदाममा हजार बोरा चिनी राखिएको भए कुनै बेला सह्य हुँदैन । त्यसका लागि हेर्ने निकाय को हो रु हेनुपर्‍योु गृहमन्त्री लेखकले भने ।

प्रहरी प्रशासनको के सहयोग चाहिन्छ त्यो गृह मन्त्रालय पुरा गर्ने उनले जानकारी दिए । ुदशैँ तिहार आयो की मूल्यवृद्धि हुनु भएन । मूल्यवृद्धिलाई नजिकबाट सुक्ष्म ढंगले हेरेर नियन्त्रण गर्नुपर्छ । 

गुणस्तरहीन सामान बजारमा देखिनु भएन । अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुने भन्दै त्यसमा सचेत रहन र निगरानी बढाउनुपर्छ ।

 सवारीसाधनको भाडको विषय पनि छ । दशैँतिहार आयो की भाडा वृद्धि हुन्छ । यसमा पनि ख्याल गर्नुपर्छ ’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार