२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

सांसदले सोधे : " संसद्‌मा दर्ता धितोपत्र विधेयक कहाँ तयार भयाे ? "

बुधवार , भाद्र १२, २०८१

 

काठमाडौँ, भदौ । सरकारले संसद्‌मा दर्ता गराएको 'धितोपत्र सम्बन्धी (पहिलो संशोधन)  विधेयक, २०८१' कहाँ बनेको हो भन्दै  प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ ।

उक्त विधेयक कहाँ र कसले तयार पारेको हो भन्ने यकिन गरेर मात्रै अगाडि बढाउनुपर्ने भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले सभामुखलाई आग्रह गरेकी हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद श्रेष्ठले अमूक ल फर्मको नाम विधेयकको ''हिजो हामीले धितोपत्र ऐन संशोधन गर्न बनेको विधेयकमा छलफल गर्‍यौं । '

सांसद, सभामुख, कर्मचारी, मिडिया सबैलाई एउटा अनुरोध गर्न चाहन्छु, संसद्को वेबसाइटमा भएको विधेयक डाउनलोड गरेर, दाहिनेतिर क्लिक गरेर त्यसको प्रपर्टीज् एकचोटी हेर्नु त्यसको अथर के छ ?

एउटा अमूक ल फर्मको नाम छ त्यसमा,' सांसद श्रेष्ठले आग्रह गरिन्, ' के यो अर्थमन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै ल फर्मले किनिदिएको हो ? कि त्यो विधेयक नै ल फर्ममा ड्राफ्ट गरेको हो ? '

धितोपत्र सम्बन्धी संवेदनशील विधेयक एउटा ल फर्मको नाम राखेर संसद्को वेबसाइटमा दर्ता गरिएको विषयमा संसद् गम्भीर बन्नुपर्ने सांसद श्रेष्ठको आग्रह थियो ।

'यस्तो महत्त्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि सरकारले ड्राफ्ट गर्छ कि कुनै ल फर्मले ड्राफ्ट गर्छ ? ,' उनले भनिन्।

उनको भनाई थियो । 'आउटसोर्स गरेको भए आउटसोर्सको डकुमेन्टेसन चाहियो । धितोपत्र संशोधनको विधेयक अमूक ल फर्ममा तयार गरेको भए यो खारेज गरेर अर्को दर्ता गर्नुपर्‍यो ।'

संसद्को वेबसाइटमा उक्त विधेयकको अथरमा ' पायोनियर ल असोसिएट्स' उल्लेख छ । उक्त विधेयक प्रतिनिधिसभामा साउन ३२ मा दर्ता गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार