२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

युक्रेनी आक्रमण  : '  रुसले ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सार्यो '

मंगलवार , श्रावण २९, २०८१

 

मस्को, साउन  । रूस र युक्रेनबिच बढ्दो द्वन्द्वका कारण पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । 

युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मङ्गलबार जनाएका छन । 

उनका अनुसार विस्थापितमध्ये लगभग एक हजार मानिस हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् । 

‘बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खान बस्नलगायतका न्यूनतम आवश्यकताका सामानहरु प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ,’ ग्लेडकोभले भने ।

यसै क्रममा उहाँले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितहरुलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे ।  सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार