२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

बिहिवार , श्रावण २४, २०८१

 

काठमाडौँ, साउन  । जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समय अनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।

एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिण पश्चिम क्षेत्रको क्युशु रहेको छ ।

भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।

यद्यपि भूकम्पले पुर्‍याएको क्षति विवरण भने आइसकेको छैन ।

यसअघि गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार