२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को पुरक परीक्षा   : ' दुई विषयमा नन्‌ग्रेडेड हुनेले मात्रै  दिन पाउने '

४७ प्रतिशत विद्यार्थी एनजीमा परे

शुक्रवार , श्रावण १८, २०८१

 

काठमाडौँ, साउन । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । जसमा १ लाख ८७ हजार २१ जना विद्यार्थी नन्‌ग्रेडेड (एनजी) मा परेका छन् । कुल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् ।

एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्‌ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

‘सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका (पुरक) परीक्षामा सहभागी हुन पाउने छन,’ बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

 ‘पुरक परीक्षाको विस्तृत जानकारी समय तालिका सम्बन्धी सूचनामा उल्लेख गरिनेछ ।’  नतिजामा एनजी ल्याउने मध्ये एक विषय र दुई विषयमा कति विद्यार्थी छन् भन्ने तथ्यांक बोर्डले खुलाएको छैन ।

गत असारमा प्रकाशित एसईईको नतिजामा ४८ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । 

एसईईमा भने सबै विषयमा एनजी ल्याउने विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार