२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा कृषि समिति   : सभापतिमा कांग्रेसकी थापा निर्विरोध 

मंगलवार , श्रावण १५, २०८१

 

काठमाडौँ, साउन । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् । 

मंगलबार समितिको सभापति निर्वाचनको कार्यतालिका थियो ।

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध निर्वाचित भएकी हुन् । 

समितिका ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले थापा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

यसअघिका समिति सभापति आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि कृषि समिति सभापति पद रिक्त थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार