२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती प्रदेश सरकार

मुख्यमन्त्री लामालाई विश्वासको मत  :  " पक्षमा ६४ र विपक्षमा ३५ मत "

मंगलवार , श्रावण १५, २०८१

 

हेटौँडा, साउन  । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन । 
मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाएका छन ।  नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०३ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री लामाले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराए । 

 विश्वासको मतका लागि भएको मतदानमा तीन जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए । मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको थियो ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टी मतदानमा तटस्थ रहेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार