२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लुम्बिनी प्रदेश सरकार 

मुख्यमन्त्रीमा आचार्य नियुक्त  : ' एमाले र कांग्रेसका ५६ सांसदको हस्ताक्षर'

सोमवार , श्रावण ७, २०८१



बुटवल, साउन  । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन । 

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन । 

नेकपा एमाले र नेपाली कांग्रेसका ५६ सांसदले नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष सोमबार मात्रै दावी पेस गरेका थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ जना सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरिएको थियो । 

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पहिले नेकपा एमालेले गर्ने सहमति भएपछि सोमबार एमालेका उपनेता आचार्यले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन । 

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दलको रूपमा रहेको नेकपा एमालेसँग २९ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सांसद छन् । 

लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री र लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए । 

अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुन ।

ad.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार