२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज असार १५  :  धान दिवस

असार १५  : ' उपत्यकालगायत देशभर उत्सवका रुपमा मनाईयो '

शनिवार , आषाढ १६, २०८१

 

काठमाडौँ, असार । आज असार १५ अर्थात् धान दिवस । देशभर विविध कार्यक्रम गरी मनाइएको छ भने किसानहरुलाई धान रोप्ने चटारो सुरु भएको छ । 

किसानहरुले शनिबार खेतमा धान रोप्दै दही चिउरा खाएर असार पन्ध्र मनाएका छन् । 

मानो रोपेर मुरी उब्जाउने महिना हो असार । गाउँबेसी र तराईका फाँटहरुमा अहिले धान रोप्ने चटारो छ । 

हल गोरुले हिल्ल्याएको हिलो सम्याउँदै बाउसे गरेर छुपुछुपु धान रोप्दै गरेका रोपाहारहरुको दृश्य रमाइलो देखिन्छ ।

त्यसमाथि लाठे र रोपाहारको दोहोरी असारे भाकाले खेतको माहोल झन् रमाइलो बन्छ । 

के बच्चा के बुढा ! एक आपसमा हिलो छ्यापाछ्याप गरेर मनाउँछन् धान दिवस । शनिवार ललितपुरको खोकना र भक्तपुरको डेकोँचाका वेँशीमा धान रोपाइँ गरेर असार १५ मनाइएको छ । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार