२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक 

विश्व बैङ्कको ८० मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण  स्वीकार 

सोमवार , आषाढ ११, २०८१

 

काठमाडौँ, असार । आज, सोमबार, मन्त्रिपरिषद बैठक बसेको छ ।  आज  बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकले गरेका २१ बुँदे निर्णय सार्वजनिक गरेकी छन । 

मन्त्री शर्माले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको जानकारी दिएकी छन । 

त्यस्तै, यही असार २७ देखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनको भ्रमण स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार