२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

शुक्रवार , आषाढ ८, २०८१

 

काठमाडौँ,  असार । आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको छ ।  चलचित्र ‘आचार्य’ स्वर्गीय भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनीमा आधारित रहेर तेह्र वर्ष अगाडि निर्माण गरिएको थियो । चलचित्रका केही दृश्य सम्पादनसहित आजदेखि पुनः प्रदर्शन गरिएको हो ।

 प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा स्वर्गीय गायक आचार्यको भूमिका उहाँकै छोरा सत्यराज आचार्यले निर्वाह गर्नुभएको छ । 

“चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । 

अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि प्रदर्शन गरिएको हो”, गायक तथा अभिनेता आचार्यले भन्नुभयो ।

चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतले अभिनय गर्नुभएको छ । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो । 

आजैदेखि प्रदर्शन भएको चलचित्र ‘दान्भी’ मा अभिनेत्री पूजा शर्मासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ । रुपेश तामाङले निर्देशन गर्नुभएको चलचित्र नेपालसँगै भारतमा समेत छायाङ्कन गरिएको छ ।
(

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार