२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बबईमा डुबेर दाजुभाइको मृत्यु

बुधवार , जेठ २, २०८१

 

तुलसीपुर (दाङ),  जेठ ।  पौडी खेल्ने क्रममा डुबेर  दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । 

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताएका छन । 

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार