काठमाडौँ, वैशाख । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटले महिला उद्यमशीलतालाई प्राथमिकतामा राख्ने जानकारी दिएका छन ।
आज अर्थ मन्त्रालयमा महिला उद्यमी महासङ्घका पदाधिकारीसँगको पूर्वबजेट छलफलका क्रममा उनले उद्यमशीलता प्रवर्द्धन र आन्तरिक उत्पादकत्व बढाएर मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, उनले बताए ।
आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरु ल्याइने अर्थमन्त्री पुनको भनाइ छ ।
“महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरुले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरु आफैँ आत्मनिर्भर बन्छन् । छोरीहरु आर्थिक रुपले अघि आउँदा मात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ”, अर्थमन्त्री पुनले भने ।
मुलुकको समग्र विकास र समुन्नतिका लागि महिला आर्थिक रुपमा सक्षम हुन जरुरी रहेको उनको भनाइ छ ।
महिलाका नाममा घरजग्गा दर्ता गर्दा शुल्क छुट दिने सरकारको नीतिका कारण अहिले धेरै महिला सम्पत्तिको मालिक भएको उनले दाबी गरे । “अहिले २७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ ।
पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरुको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन”, अर्थमन्त्री पुनले भने, “आगामी आर्थिक वर्षको बजेटमा हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।