२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जन्मभूमिप्रतिको माया  गीतमा प्रस्तुत

शनिवार , फाल्गुण १२, २०८०

 

काठमाडौं, फागुन । बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन् । यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका छन् ।

एक ब्यक्तिले बिदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ । तर केही नलागेर अन्तिम बिकल्पको रुपमा बिदेश नै रोज्छ यही कथामा यो  गीतको भिडियो तयार पारिएको छ । राम प्रसाद पाठकले लेखेका गीतका शब्दमा चन्डीप्रसाद काफ्लेको संगीत  गरेका छन् ।

केकी अधिकारी, राजन न्यौपाने, कलश पाण्डे र रोशन श्रेष्ठ फिचर्ड गीतको भिडियो पछिल्लो समयका लोकप्रिय निर्देशक अनुप चापागाईले निर्देशन  गरेका हुन्। भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र  विकास दाहालको सम्पादन रहेको छ।

बिगत २ दशक देखि जापानमा रहेका गायक राजन न्यौपानेले ४ बर्ष देखि  गुरु चन्डीप्रसाद काफ्लेसंग अनलाइन सगीत क्लास लिइरहेका छ्नन्  । 

आफ्नो ब्यस्त  दैनिकीबीच पनि आफ्नो जन्मभुमी प्रतिको माया र नेपाली कला छेत्रलाइ सम्झिदै केहि नौलो र संदेश मुलक गीतहरु गर्ने आफ्नो उद्देश्य रहेको जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार