२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मौसम विज्ञान विभाग भन्छ

पश्चिमी वायुको प्रभाव  : "  बिहीबारदेखि मौसममा क्रमशः सुधार आउने "

मौसमी प्रणाली देशको पश्चिमबाट क्रमशः पूर्वी भेगतिर सर्दै

बुधवार , फाल्गुण २, २०८०

 

काठमाडौँ, फागुन । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।  

उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वी भेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।  

अहिले सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उनका अनुसार मधेश प्रदेशका एक-दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ ।

आज रातिको समयमा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

अहिले काठमाडौँको अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार