२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वसन्तपञ्चमी

राष्ट्रपति पौडेल हुनमानढोकामा : सरस्वतीको पूजाका साथै टीका–प्रसाद ग्रहण

बुधवार , फाल्गुण २, २०८०

 

काठमाडौँ, फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गर्नुभयो ।

वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार