२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 प्युठानका रुसी सेनामा भर्ती भएका एक युवकको मृत्यु

बिहिवार , पौष २६, २०८०

 

प्यूठान, पुस । रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ । रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो ।

 कान्तीपुर लेख्छ,  प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको खबर आएको जानकारी दिए ।


रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए । 

दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यू भएको र हिजो मात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए । 

उनीसँगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यू भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार