२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मस्को नजिकै नौ युक्रेनी ड्रोन : '  रुसले गर्यो खसालेको  दावी '

बिहिवार , मंसिर २८, २०८०

 

मस्को, मङ्सिर  ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घन्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बिहीबार बताएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले यस वर्षको अन्त्यमा आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नुअघि हमला भएको बताइएको छ । 

रक्षा मन्त्रालयले हमलाका लागि किएभलाई दोष दिँदै एक विज्ञप्तिमा भनेको छ, “अन–ड्युटी हवाई रक्षा एकाइहरूले कलुगा र मस्को क्षेत्रमा नौ युक्रेनी युएभी (मानवरहीत हवाई वाहन) लाई नष्ट गरेर रोकेको छ ।”

मस्कोका मेयर सर्गेई सोबयानिनले एउटा ड्रोनलाई रुसी राजधानीको दक्षिण पश्चिमी सहर नारो–फोमिन्स्क नजिकै खसालिएको बताउनुभयो ।

 “प्रारम्भिक आँकडा अनुसार जुन स्थानमा ड्रोन खसेको छ त्यहाँ कुनै क्षति वा हताहत भएको छैन”, उहाँले भन्नुभयो । घटनास्थलमा आपत्कालीन सेवाहरूले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । 

मस्कोसँग गुमाएका क्षेत्रहरू फिर्ता गर्ने नयाँ प्रयास सुरु गरेसँगै युक्रेनले गर्मीयामपछि निरन्तर रूपमा ड्रोनमार्फत रुसमा हमला गरेको छ । 

रासस / एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार